Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

त्रिपक्षीय वार्ता : सबै दल चुनावमा जान तयार, एमालेले माग्यो सुरक्षित वातावरण

त्रिपक्षीय वार्ता : सबै दल चुनावमा जान तयार, एमालेले माग्यो सुरक्षित वातावरण

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरू तयार रहेको सरकारको दाबी छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय वार्तापछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सबै दलले निर्वाचनमा सहभागी हुने मनोवृत्ति देखाएको जानकारी दिएका हुन् ।

मन्त्री खरेलका अनुसार एमालेले निर्वाचनमा भाग नलिने होइन, तर सुरक्षा र निष्पक्ष वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको हो ।

'सबै दलले ‘चुनावमा जाँदैनौं’ भनेका छैनन्,' उनले भने.'कांग्रेस, रास्वपा, जेनजी लगायत दलहरूले स्पष्ट रूपमा चुनावमा जाने तयारी जनाएको छ। एमालेले पनि ‘चुनाव हुनुपर्छ’ भनेको छ, तर सुरक्षाको व्यवस्था हुनुपर्ने जोड दिएको छ।'

उनका अनुसार दलहरूको धारणाले देशमा चुनावी वातावरण बन्न थालेको छ। नेपाली कांग्रेसका महामन्त्री र नेताहरूले सरकारलाई निर्वाचन गराउन आग्रह गर्दै 'जे जस्तो सहयोग चाहिन्छ, गर्न तयार छौं' भन्ने प्रतिबद्धता जनाएका छन् ।

रास्वपाले पनि निर्वाचनमा जाने अठोट व्यक्त गरेको मन्त्री खरेलको भनाइ छ। त्यस्तै जेनजी आन्दोलनका प्रतिनिधिहरूले समेत निर्वाचनको पक्षमा उभिँदै सबै दललाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जेनजी प्रतिनिधिहरू संविधानको पक्षमा रहेको र सबै दलहरूको सहभागिता आवश्यक रहेको बताए।

उनले भने, 'अधिकांश दल तयार देखिए पनि एमालेले संसद पुनःस्थापना र जेनजीका माग सम्बोधनको विषयमा जोड दिएको छ।'

जेनजी प्रतिनिधि खेमराज साउदले भने, 'हामी लोकतन्त्र र निर्वाचनका पक्षधर हौं। फरक विचार हुनु स्वाभाविक कुरा हो, तर सबैलाई समेटेर अघि बढ्नुपर्छ।' उनले सरकारसँग समयमै चुनाव गराउने स्पष्ट प्रतिबद्धता सुनेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077