Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सिमरा घटनाप्रति प्रधानमन्त्री कार्कीको टिप्पणी - अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन

सिमरा घटनाप्रति प्रधानमन्त्री कार्कीको टिप्पणी - अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन

बुधवार , मंसिर ३, २०८२

काठमाडौँ । बाराको सिमरामा आज देखिएको तनाव र हिंसा प्रति प्रधानमन्त्री शुशीला कार्कीले दुःख र चिन्ता व्यक्त गर्दै यस किसिमको अराजक गतिविधि लोकतान्त्रिक व्यवस्थाले कदापि सहन नसक्ने चेतावनी दिएकी छन् ।

बुधबार राति सामाजिक सञ्जाल मार्फत उनले यस्तो चेतावनी दिएकी हुन । उनले युवाहरूको असन्तुष्टि र राजनीतिक आक्रोशलाई सरकार गम्भीरतापूर्वक लिने बताउँदै अभिव्यक्ति स्वतन्त्रताको सम्मान आफ्नो दायित्व भएको स्मरण गराइन् ।

तर उनले सार्वजनिक सम्पत्ति तोडफोड, विमानस्थल जस्तो संवेदनशील संरचनामा अवरोध सिर्जना गर्नु र कानुन हातमा लिनु कुनै हालतमा स्वीकार्य नहुने बताइन् ।

उनका अनुसार सरकारले शान्ति–सुरक्षा कायम गर्न गृह प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कता र संयमसहित खटिन निर्देशन दिएको छ ।

उनले सबै दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त बनाउन आवश्यक तयारी पूरा गर्न सम्बन्धित निकायलाई आदेश दिएकी छन् ।

'लोकतान्त्रिक प्रणाली भित्रै युवाहरूको वास्तविक अपेक्षा र परिवर्तनको चाहना पूरा गर्न सकिन्छ,' प्रधानमन्त्री कार्कीले भनिन्, 'त्यसैले सबै पक्ष अवाञ्छित राजनीतिक उत्तेजनाबाट बाहिर निस्केर लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास राख्न अपिल गर्दछु।'

बुधबार दिउसो नेकपा एमालेका नेता महेश बस्नेत सिमरा जाने कार्यक्रम थियो । तर जेनजी युवाहरुले सिमरा विमानस्थलमा तोडफोड र प्रदर्शन गरेका थिए । सोही क्रममा एमालेका कार्यकर्ता पनि पुगेपछि झडप भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077