Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसको राजीनामा

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसको राजीनामा

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् ।

रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ । एन्फाले अधिकारिक रुपमा भने यसबारे केहि सार्वजनिक गरेको छैन ।

एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । फागुन १८ गते एन्फाले पत्रकार सम्मेलन आयोजना गरेर प्रशिक्षक रससँग सम्झौता गरेको घोषणा गरेको थियो । एक वर्षको सम्झौता भएपनि प्रशिक्षक रसले ८ महिनामा नै राजीनामा दिएका छन् ।

रसको कार्यकालमा नेपाली टोलीले ७ खेल खेलेको थियो । जसमा नेपालले मात्र १ खेल जित्दा २ मा बराबरी र ४ खेलमा हार बेहोरेको थियो । भियतनामविरुद्ध पछिल्लो खेलमा रस दुई पहेंलो कार्डको निलम्बनका कारण टचलाइनमा पनि थिएनन् ।

टोली सम्हालेपछिको पहिलो खेलमा नै नेपालले सिंगापुरलाई १-० ले हराएको थियो । यो नै उनको लागि उत्कृष्ट नतिजा रह्यो । नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी खेल्यो । नेपालले मलेसिया र लाओससँग १-१ र भियतनामसँग २ खेलमा हार बेहोर्यो ।

रसले केहि समय अगाडि जुन देशमा घरेलु लिग हुँदैन त्यो देशको फुटबलले नतिजा ल्याउन सक्दैन भनेर समेत भनेका थिए ।

यसअघि महिला टोलीका प्रशिक्षक प्याट्रिकले पनि एक टुरपछि नै राजीनामा दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077