Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फागुन २१ को चुनावमा जानुअघि नियमित महाधिवेशन गर्नैपर्छ : पौडेल

फागुन २१ को चुनावमा जानुअघि नियमित महाधिवेशन गर्नैपर्छ : पौडेल

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेको केन्द्रीय कार्यसमितिको म्याद थप गर्न चाहनेहरू विशेष महाधिवेशन गर्न तयार रहनुपर्ने बताएका छन्।

बिहीबार सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केन्द्रीय कार्यसमितिको म्याद केन्द्रीय समितिले थप गरेका खण्डमा महाधिवेशन प्रतिनिधिहरूको पनि म्याद थपिने र विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन कसैले नचाहे पनि हुने दावी गरे ।

उनले पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने पनि बताए। फागुन २१ को चुनावमा जानुअघि नियमित महाधिवेशन गरेर जानुपर्ने उनको भनाइ छ।

उनले भने–‘केन्द्रीय समितिले म्याद एक वर्ष थप गर्ने कुरा पास गर्‍यो भने केन्द्रीय कार्यसमितिको मात्र होइन, महाधिवेशन प्रतिनिधिको पनि म्याद थपिन्छ नि । महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको अवस्था छ, एक वर्ष म्याद थपेपछि विशेष महाधिवेशन त गर्नुपर्ने हुन्छ किनकि विधानले विशेष महाधिवेशन माग गरेको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। कसैले नमानेर पाइँदैन, विशेष महाधिवेशन बाध्यकारी छ। विशेष महाधिवेशन मान्दिनँ, केन्द्रीय समितिको एक वर्ष म्याद थप्छु भनेर त मिल्दैन।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077