Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठकअघि शेखर कोइराला पक्षको छुट्टै बैठक, महाधिवेशनको कार्यतालिकाबारे छलफल

कांग्रेस पदाधिकारी बैठकअघि शेखर कोइराला पक्षको छुट्टै बैठक, महाधिवेशनको कार्यतालिकाबारे छलफल

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं। पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन्।

कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु- गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गरेका हुन्।

कार्यवाहक सभापति पूर्णवहादुर खड्काले बिहीवारको बैठकअघि भएको महामन्त्रीहरुसँगको छलफलमा महाधिवेशनको कार्यतालिका ल्याउने प्रस्ताव अश्वीकार गरेपछि थापा बैठकमा सहभागी नभई हिँडेका थिए ।

त्यसपछि भड्किएका महामन्त्री गगन थापालाई बैठकमा फर्काउन कोइरालाले छलफल गरेका छन् ।

कोइराला समूहको छलफलले २१ फागुनको निर्वाचनअगावै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

यस्तै आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मा दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077