Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

युवा व्यवसायी एवं राप्रपाका नेता सिग्देलमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ

युवा व्यवसायी एवं राप्रपाका नेता सिग्देलमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ

शुक्रवार , कार्तिक १४, २०८२

चितवन । चितवनका युवा व्यवसायी एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता रामप्रसाद सिग्देल (सुलभ) माथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

उनीहरूलाई गएराति करिब १ बजे मुग्लिनबाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चितवन जिल्ला भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २४ का राजेश कार्की, भरतपुर महानगरपालिका–१३ बस्ने वर्ष २१ का सनम सुनार र सिन्धुली जिल्ला कमलामाइ नगरपालिका–२ माझीटार बस्ने वर्ष २४ का प्रकाश घिसिङ रहेका छन् ।

सिजी ल्याण्डमार्कमा सञ्चालन भइरहेको पपुलर शैलुनका सञ्चालक सिग्देललाई बिहीबार अपरान्ह अपरिचित समूहले आक्रमण गरेको थियो।

काम सकेर घर फर्कने क्रममा सिजी ल्याण्डमार्कको पार्किङ क्षेत्रमा तीन जनाको समूहले उनीमाथि आक्रमण गरेको सिसिटिभी फुटेजमा देखिन्छ ।

प्रहरीका अनुसार ती व्यक्तिहरू सिजी ल्याण्डमार्कको प्रवेशद्वारमा पर्खेर बसेको र सिग्देललाई देख्नेबित्तिकै मोटरसाइकलको हेलमेट प्रयोग गरी आक्रमण गरेका थिए।

मलका सुरक्षा गार्ड आएपछि उनीहरू भागेको दृश्य पनि फुटेजमा देखिन्छ। आक्रमणबाट सिग्देलको हात र टाउकोमा चोट लागेको छ र उनको अहिले भरतपुर अस्पतालमाम उपचार भइरहेको छ। केही साताअघि पनि सिग्देलमाथि सिजी मल परिसरमै आक्रमण भएको थियो।

यसैबीच, युवा व्यवसायी सिग्देलमाथि आक्रमण भएको विषयमा राप्रपा चितवनले आपत्ति जनाएको छ ।

राप्रपा प्रदेश क्षेत्र नंं ३ (ख) का सदस्य एवम् भरतपुर महानगर कार्यसमितिका निवर्तमान सचिव सिग्देलमाथि भएको आक्रमणमा दोषीको पहिचान गरी तत्काल कारवाही गर्न प्रहरी प्रशासनसँग राप्रपाले माग गरेको छ ।

शुक्रबार पार्टीका जिल्ला अध्यक्ष रूद्र ढकाल र सचिव दिनेशबहादुर अधिकारीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एउटै व्यक्तिमाथि पटकपटक आक्रमण भएको विषयलाई गम्भीररुपमा लिन प्रहरी प्रशासनलाई माग गरेको छ ।

‘यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई सार्वजनिक गरेर कानूनी व्यहोराअनुसार कारबाही गरिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ–‘साथै पीडितलाई उपचारसहित सुरक्षाको प्रभावकारी व्यवस्था मिलाउन पनि सम्बद्ध निकायसँग जोडदार माग गर्दछौँ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077