Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नजुटेपछि रोकियो कांग्रेस केन्द्रीय समिति बैठक

कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नजुटेपछि रोकियो कांग्रेस केन्द्रीय समिति बैठक

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा  महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो।

कांग्रेसमा संस्थापन पक्ष चुनावपछि १५औं महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने पक्षमा छ। तर, महामन्त्रीद्वयसहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने अडान छ।

कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता शेखर कोइरालासँग पनि महामन्त्रीद्वयले संवाद गरेका थिए। १६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्ने गरी कार्यतालिका ल्याउन सकिने र दबाब दिने निर्णय भएको थियो।

त्यसपछि महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा बसेका थिए। छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077