कैलाली । अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्काविरुद्ध एक अनलाइनले प्रकाशित गरेको समाचार हटाएको छ ।
‘फरक प्रेस डटकम’ नामक अनलाइनले 'सुदूरपश्चिमका डीआईजी चोरका बिचौलियासँग घुमघाममा' शीर्षकमा समाचार प्रकाशित गरेको भन्दै व्यवसायी खड्काले प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गरेका थिए ।
काउन्सिलले प्रारम्भिक अध्ययनपछि सो वेबसाइट काउन्सिलमा दर्ता नभएको र प्रकाशित सामग्री एकपक्षीय भएको निष्कर्ष निकालेको हो ।
योसँगै फरक प्रेसले खड्काविरुद्धको समाचार हटाएको छ । तर खड्का भने उक्त घटनाले आफ्नो इमानदार छविमाथि गम्भीर आघात पुर्याएको बताउँछन् ।
[insert page='350369' display='yopanipadhnuhos.php']
उनी केही महिनाअघि अभद्र व्यवहार मुद्धामा पक्राउ परेका थिए । तर केही दिनमै उनी हिरासतमुक्त भएका थिए । पछि उनले अदालतबाट पनि सफाइ पाएका थिए ।
व्यवसायी ज्ञानेन्द्र खड्का लामो समयदेखि व्यापारसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा सक्रिय व्यक्ति हुन् । उनले विद्यालय, धार्मिक स्थल तथा विपन्न परिवारहरूलाई सहयोग गर्दै आएका छन् ।