काठमाडौं । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि सरकारले आवेदन आह्वान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रक्रियामार्फत एक जना योग्य उम्मेदवार छनोट गर्न दरखास्त माग गरेको हो ।
मन्त्रालयका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा आवेदन पेश गर्नुपर्नेछ ।
सूचनामा दरखास्त फाराम, आवश्यक योग्यता, पेश गर्नुपर्ने कागजात तथा अन्य विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उपलब्ध रहेको उल्लेख गरिएको छ ।
