Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कम्युनिस्टबीच मोर्चाबन्दी जरुरी, खप्टिने एकता अब थोत्रो भइसक्यो : विप्लव

कम्युनिस्टबीच मोर्चाबन्दी जरुरी, खप्टिने एकता अब थोत्रो भइसक्यो : विप्लव

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै कम्युनिस्टहरूबीच नयाँ मोर्चाबन्दी र वैचारिक एकताको आवश्यकता रहेको बताएका छन् ।

जेनजी आन्दोलनपछि देशभर बढेको राजनीतिक बहसबीच विप्लवले सामाजिक सञ्जाल फेसबुक मार्फत चार बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

विप्लवका अनुसार अब नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य, कम्युनिस्टहरूबीच मोर्चाबन्दी जरुरी, कम्युनिस्ट र मित्र शक्तिहरूबीच वैचारिक–सैद्धान्तिक बहस आवश्यक र एकताको नाममा देखिएको सतही राजनीति अन्त्य गर्नुपर्ने बेला आएको छ ।

उनले लेखेका छन्, 'समयले धेरै पछि छोडिसक्यो। यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो। इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ ।'

विप्लवले पछिल्ला वर्षमा कम्युनिस्ट पार्टीहरूबीच भइरहेका एकता र विभाजनलाई ‘थोत्रो र अवसरवादी प्रवृत्ति’को संज्ञा दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077