Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कार्तिक २३ र २४ गते धनगढीमा ‘ट्यालेन्ट हन्ट’ गर्दै सुदूरपश्चिम रोयल्स

कार्तिक २३ र २४ गते धनगढीमा ‘ट्यालेन्ट हन्ट’ गर्दै सुदूरपश्चिम रोयल्स

आइतवार , कार्तिक १६, २०८२

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) को साविक उपविजेता सुदूरपश्चिम रोयल्सले आगामी कात्तिक २३ र २४ गते धनगढीमा ‘ट्यालेन्ट हन्ट’ आयोजना गर्ने भएको छ ।

आगामी सिजनका लागि नयाँ प्रतिभा खोज्ने उद्देश्यले आयोजना हुने यो कार्यक्रम धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा सञ्चालन हुनेछ।

रोयल्सका अनुसार, ट्यालेन्ट हन्टमा सहभागी हुन इच्छुक खेलाडीहरूले नोभेम्बर ५ (कात्तिक १९ गते) सम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ ।

टोलीले यस कार्यक्रममा सुदूरपश्चिम प्रदेशका युवा खेलाडीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरेको छ। ट्यालेन्ट हन्टबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई एनपीएल दोस्रो संस्करणका लागि टोलीमा समावेश गर्ने अवसर प्रदान गरिनेछ।

रोयल्सले शनिबारदेखि दोस्रो सिजनको तयारी स्वरूप औपचारिक प्रशिक्षण सत्र पनि सुरु गरेको छ। टोलीका अनुसार, आगामी मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना हुने एनपीएल दोस्रो संस्करणका लागि ट्यालेन्ट हन्ट र प्रशिक्षण दुबै चरणलाई प्राथमिकता दिइएको छ।

सुदूरपश्चिम रोयल्सले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपविजेताको उपाधि जितेको थियो। यसपटक टोलीले नयाँ प्रतिभा र अन्तर्राष्ट्रिय अनुभवयुक्त खेलाडीहरूलाई संयोजन गर्दै ट्रफी लक्ष्य राखेको छ।

यस्तो छ सुदूरपश्चिम रोयल्सको टोली

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन ।

- मुख्य प्रशिक्षकः जगत टमटा

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077