काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजलाई १४८ रनको लक्ष्य दिएको छ ।
काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो।
सुदूरपश्चिमका लागि हरमित सिंहले विष्फोटक पारी खेले । हरमितले मात्र १९ बलमा ५३ रनको योगदान गरे
७२ रन जोड्दा ६ विकेट गुमाएको स्थिति सम्हाल्दै हरमितले कप्तान दीपेन्द्रसिंह ऐरीसँग सातौं विकेटका लागि ६१ रनको साझेदारी गरे ।
ऐरी ३९ रनमा रसिद खानको बलमा क्याच आउट भए । काठमाण्डूका कप्तान करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान दुई विकेट लिए ।