Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सूर्य थापालाई अधिवक्ता गोविन्द पन्थीको चेतावनी, माफी नमागे कानूनी कठघरामा उभिनुपर्ने

सूर्य थापालाई अधिवक्ता गोविन्द पन्थीको चेतावनी, माफी नमागे कानूनी कठघरामा उभिनुपर्ने

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । अधिवक्ता गोविन्द पन्थीले नेकपा एमालेका नेता सूर्य थापालाई जनतालाई अपराधी भनेको कुरा पुष्टि गर्न चेतावनी दिएका छन् ।

गएराती काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र थापा ‘बालेन’ ले सामाजिक सञ्जाल फेसबुमा लेखेको स्टाटसलाई स्क्रिन सर्ट गरेर थापाले बालेनलाई लुसिफर, सैतान र दलाल भन्दै आरोप लगाएका छन् भने बालेनलाई भोट दिएर मेयर बनाउनेहरुलाई अपराधी र देशद्रोहीको संज्ञा दिएका थिए ।

सोही विषयलाई लिएर अधिवक्ता पन्थीले थापालाई आम जनतामाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका हुन् ।

[insert page='348161' display='yopanipadhnuhos.php']

पन्थीले फेसबुकमा लेखेका छन्–‘सुर्य थापा जी, बालेनले त त्यस्ता लेखे बिरोध गर्नु भयो ठिकै छ । तपाईको नागरिक स्वतन्त्रता को उपयोग गर्नु भयो । तर बालेनलाई भोट गरेर जिताउने माहानगरका मतदातालाई अपराधी करार गर्नु यो हद को बौद्धिकता आश गरिएको थिएन यहाँ बाट । तपाईं त्यो सच्च्याएर अबिलम्ब काठमाडौका जनतासँग माफी माग्दा नै तपाईंको राजनितीक कद बढ्नेछ । अन्यथा तपाईंले आम जनतालाई अपराधी भनेको कुरा पुष्ठि गर्नु पर्नेछ।’

अधिवक्ता तिनै पूर्वप्रहरी अधिकारी हुन्, जसले कार्यरत रहँदा भिजिट भिषाको बारेमा अनुसन्धान गरेका थिए ।

पन्थी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड (INTERNATIONAL Investigative AWARD) बाट सम्मानित भएका थिए । पूर्व डीएसपी पन्थीलाई मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा काम गर्दै आइरहेको संस्था लाई KIN INDIA ले उत्कृष्ट कार्य गरेबापत उक्त अवार्डले सम्मानित गरेको थियाे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077