Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पूर्वडिएसपी पन्थी बने गुल्मी २ मा रास्वपाको उम्मेदवार

पूर्वडिएसपी पन्थी बने गुल्मी २ मा रास्वपाको उम्मेदवार

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वडिएसपी एवं अधिवक्ता गोविन्द पन्थी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार बनेका छन्।

रास्वपाले उनलाई गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको हो ।

रास्वपा नेता गणेश पराजुलीले उनलाई सोमबार टिकट हस्तान्तरण गरेका छन्।

नेपाल प्रहरीबाट अवकाश लिएपछि पनि सामाजिक न्याय, कानूनी लडाइँ र मानव अधिकारको क्षेत्रमा सक्रिय पन्थीलाई रास्वपाले उम्मेदवार बनाएको हो ।

को हुन् पन्थी ?
गुल्मी मदाने–७ स्थायी ठेगाना भएका पन्थीको जन्म २०३१ साल फागुन १६ गते भएको हो। गुल्मीको पुर्कोट माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण पन्थीले २०४८ सालमा नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातक तथा एमपीए र बीएल उपाधि हासिल गरेका छन्।

२०५१ साल भदौ १६ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका पन्थी २०८१ साल जेठ १६ गते प्रहरी नायव उपरीक्षक (डीएसपी) पदबाट अवकाश भएका हुन्। बैतडी, रुपन्देही, नवलपरासी, पर्वत, बारा, सप्तरी, प्रहरी प्रभाग पुल्चोक, साँखु, सीआईबी उपत्यका अपराध अनुसन्धान कार्यालय तथा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनले महत्वपूर्ण जिम्मेवारी सम्हाले।

पन्थी विशेषगरी वैदेशिक रोजगार ठगी, भुटानी शरणार्थी प्रकरण, भिजिट भिसाको आवरणमा हुने मानव तस्करीविरुद्धको अनुसन्धानका कारण राष्ट्रिय चर्चामा आए।

राजनीतिक नेतृत्व, अध्यागमन अधिकृत, ट्राभल एजेन्सी र एयरलाइन्ससम्म संलग्न रहेको जटिल अपराधमा उनले निर्भीक अनुसन्धान गर्दा मानव तस्करीमा संलग्न समूहले सरुवासम्म गराएको विषय राष्ट्रिय मिडियामा व्यापक रूपमा उठेको थियो।

नेपालका चर्चित अपराधहरूमा सफल अनुसन्धान अधिकृतका रूपमा काम गरेबापत उनले २९ वटा पुरस्कारसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।

प्रहरी सेवाबाट अवकाशपछि पन्थीले सरोकारी कानूनी अनुसन्धान तथा परामर्श केन्द्र दर्ता गरी अधिवक्ता तथा मिडिया अभियन्ताका रूपमा सेवा दिइरहेका छन्। अनलाइन ठगी, साइबर अपराध, वैदेशिक रोजगार ठगी र मानव बेचबिखन न्यूनीकरणका लागि उनले ३५ भन्दा बढी सामुदायिक विद्यालयमा प्रशिक्षण दिएका छन्।

त्यसैगरी विदेशमा अलपत्र परेका ४२ जनाको उद्धार, आर्थिक अभावका कारण न्यायबाट वञ्चित ३४ जनालाई निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077