Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एसईई २०८२ का लागि आवेदन फाराम खुला, मंसिर १६ भित्र बुझाउनू पर्ने

एसईई २०८२ का लागि आवेदन फाराम खुला, मंसिर १६ भित्र बुझाउनू पर्ने

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी, भक्तपुरले आगामी माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि आवेदन फाराम भर्ने प्रक्रिया सुरु गरेको छ।

बोर्डका अनुसार शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत नियमित विद्यार्थीहरूले कात्तिक १७ गतेदेखि मंसिर १६ गतेभित्र आवेदन फाराम भरी परीक्षा दस्तुरसहित सम्बन्धित विद्यालयमा बुझाउनुपर्नेछ।

विद्यार्थीहरूले प्रति व्यक्ति पाँच सय रुपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्ने छ। सोही अवधिभित्र विद्यालयहरूले संकलित फारामहरू शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा वा महाशाखामार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ।

बोर्डले साधारण, परम्परागत र प्राविधिक धारका विद्यार्थीका लागि रजिष्ट्रेसन अर्धकट्टी, कक्षा ८ उत्तीर्ण प्रमाणपत्र, प्रमाणित जन्मदर्ता प्रमाणपत्र र विद्यालय पोसाकमा खिचिएको दुई प्रति पासपोर्ट साइज फोटो टाँसी फाराम बुझाउन निर्देशन दिएको छ।

त्यस्तै, खुला, वैकल्पिक र अनौपचारिक प्रौढ विद्यालयका विद्यार्थीहरूले सम्बन्धित निर्देशिकाअनुसार आवश्यक सिफारिस र प्रमाणपत्र संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ।

खुला तथा वैकल्पिक कार्यक्रमअन्तर्गत कक्षा ८ वा सो सरहको परीक्षा दुई वर्षअघि पास गरेका विद्यार्थी मात्र सहभागी हुन पाउने व्यवस्था छ।

अनौपचारिक विद्यालयका विद्यार्थीका हकमा विद्यालयको अनुमति पत्र र अन्य प्रमाणिकरण कागजात समन्वय इकाईमार्फत एकिन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यालय र विद्यार्थीहरूलाई तोकिएको म्यादभित्र फाराम भर्ने प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077