Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चैत १९ देखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने

चैत १९ देखि २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने

बुधवार , माघ ७, २०८२

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।

यस वर्षको एसईई परीक्षाको लागि कुल ५ लाख १७ हजार विद्यार्थीले फारम भरेका छन्।

प्रारम्भिक रुपमा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको थियो।

तर, २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा चुनावका कारण मतपत्र र परीक्षा प्रश्नपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले बोर्डले तालिकामा केही दिनको परिमार्जन गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, विद्यार्थी र शिक्षकहरूलाई सुविधा पुर्‍याउने उद्देश्यले यस वर्षको तालिका परिवर्तन गरिएको हो।

यसरी परीक्षा चुनावसँग समन्वय गर्दै सञ्चालन हुने हुँदा विद्यार्थीहरूले तयारीमा ध्यान दिन बोर्डले आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077