Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

देशभर सुरु भयो एसईई, रजिल्ट एक महिनाभित्र !

देशभर सुरु भयो एसईई, रजिल्ट एक महिनाभित्र !

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले देशभरका तोकिएका केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सुरु भएको जानकारी गराएको हो ।

यस वर्ष एसइईलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ निर्देशिका लागू गरिएको छ। परीक्षा व्यवस्थापन सुदृढ पार्दै उत्तरपुस्तिका परीक्षण छिटोछरितो गरी नतिजा शीघ्र प्रकाशन गर्ने लक्ष्य राखिएको बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी छन्। सहभागीमध्ये छात्राको संख्या केही बढी रहेको छ।

देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन्। जापानस्थित एक केन्द्रबाट समेत २३ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्।

यस वर्षको मुख्य विशेषता भनेको उत्तरपुस्तिका परीक्षणलाई छिटो बनाउने व्यवस्था हो। परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र परीक्षण सक्ने र सोही अवधिमा नतिजा प्रक्रियालाई अघि बढाउने लक्ष्य राखिएको छ। उत्तरपुस्तिका सुरक्षित रूपमा सिलबन्दी गरी सम्बन्धित निकायमा पठाउने व्यवस्था गरिएको छ।

निर्देशिकाअनुसार परीक्षक र सम्परीक्षकले परीक्षण केन्द्रमै बसेर उत्तरपुस्तिका जाँच गर्नुपर्नेछ। सीसीटीभी जडित सुरक्षित कक्षमा परीक्षण गरिनेछ भने उत्तरपुस्तिका बाहिर लैजान, मोबाइल प्रयोग गर्न वा अनधिकृत व्यक्तिबाट परीक्षण गराउन पूर्ण प्रतिबन्ध लगाइएको छ। लापरबाही गरेमा कारबाहीको व्यवस्था पनि गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077