Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा शक्तिशाली भूकम्प: मृतकको संख्या २० पुग्यो

अफगानिस्तानमा शक्तिशाली भूकम्प: मृतकको संख्या २० पुग्यो

सोमवार , कार्तिक १७, २०८२

एजेन्सी। उत्तरी अफगानिस्तानको मजार-ए-शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

३२० जनाभन्दा बढी मानिस घाइते भएका अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान सबेरै गएको यो भूकम्पको केन्द्रविन्दु मजार-ए-शरीफ सहरनजिकै २८ किलोमिटरको गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । यो भूकम्प उत्तरी अफगानिस्तानको सीमा जोडिएका तीन देश ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानमा पनि महसुस गरिएको थियो ।

मजार-ए-शरीफ बाल्ख प्रान्तको राजधानी र उत्तरी अफगानिस्तानको सबैभन्दा बढी जनसंख्या भएको सहरमध्ये एक हो । यो क्षेत्रमा लगभग ५ लाख मानिस बसोबास गर्छन्।

स्थानीय अधिकारीहरूले मृतकको संख्या अझै बढ्ने अनुमान रहेको बताएका छन्।

अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077