Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चार उद्योगले विद्युत् बक्यौताको पहिलो किस्ता बुझाए, प्राधिकरणले जडान गर्‍यो लाइन !

चार उद्योगले विद्युत् बक्यौताको पहिलो किस्ता बुझाए, प्राधिकरणले जडान गर्‍यो लाइन !

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने रुपन्देहीका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन्।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इन्डस्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।

पहिलो किस्ता बुझाएपछि ती उद्योगहरूको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ ।

उद्योगहरूले सन् २०१६ (२०७२ माघ) देखि २०१८ (२०७५ वैशाख) सम्मको अवधिमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत विद्युत् प्रयोग गर्दा तिर्न बाँकी प्रिमियम महसुल भुक्तानी गर्न थालेका हुन् ।

बक्यौता रकमअनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टील इन्डस्ट्रिजको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको एक करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ रहेको छ ।

प्राधिकरणका अनुसार ती उद्योगहरूले बक्यौता रकमलाई २८ किस्तामा तिर्न सहमति जनाएका छन् र हाल पहिलो किस्ता बुझाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077