Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डेडिकेटेड र ट्रंक लाइन बक्यौता असुली नयाँ चरणमा पुगेको ऊर्जामन्त्रीको दाबी

डेडिकेटेड र ट्रंक लाइन बक्यौता असुली नयाँ चरणमा पुगेको ऊर्जामन्त्रीको दाबी

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले लामो समयदेखि विवाद र राजनीतिक हस्तक्षेपबीच अड्किएको डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रिमियम महसुल असुली प्रक्रिया अब ठोस चरणमा प्रवेश गरेको बताएका छन् ।

मन्त्री घिसिङले बिहीबार सामाजिक सञ्जालमा लेखेका अनुसार, विगतमा लोडसेडिङको गम्भीर संकटका बीच डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूबाट उठाउनुपर्ने प्रिमियम महसुलमध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूले भुक्तानी गरिसकेका छन् ।

उनले लेखेका छन्, 'नेपाल विद्युत प्राधिकरणले कानुनी रूपमा पटक–पटक चालेका कदमहरूमा राजनीतिक हस्तक्षेप हुँदा रकम असुलीमा अवरोध आइरहेको थियो। तर अब निरन्तर चासो, निगरानी र खबरदारीका कारण बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको छ।'

मन्त्री घिसिङका अनुसार, विगतमा केही प्रभावशाली व्यक्ति तथा पदाधिकारीहरूले राज्यको उठ्ने महसुललाई निस्तेज पार्ने प्रयास गरेका थिए, जसले यो विषयलाई राष्ट्रिय सरोकारको मुद्दा बनाएको थियो ।

डेडिकेटेड र ट्रङ्क लाइन प्रणाली लोडसेडिङको समयमा औद्योगिक क्षेत्रका लागि विशेष विद्युत आपूर्ति व्यवस्था थियो। सामान्य उपभोक्ताले विद्युत् नपाउँदा पनि केही उद्योगहरूले यस प्रणालीमार्फत विद्युत् प्रयोग गरेबापत तोकिएको प्रिमियम महसुल लामो समयदेखि तिर्न बाँकी थियो।

प्राधिकरणले ती बक्यौता रकम असुलीका लागि कानुनी प्रक्रिया अघि बढाएपछि उद्योगहरूबीच असन्तोष देखिएको थियो । तर ऊर्जामन्त्री घिसिङले पछिल्ला दिनमा देखिएको भुक्तानीको गति र सकारात्मक सहकार्यले अब यो विषय अन्तिम निचोडतर्फ अघि बढ्ने संकेत दिएको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077