Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित, औपचारिकरुपमा अलग्गिए जनार्दन

माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित, औपचारिकरुपमा अलग्गिए जनार्दन

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ।

बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए।

उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्।

त्यसक्रममा श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्नका निम्ति मात्र गर्न लागिएको नभई जेन–जी सहितको नयाँ पुस्तालाई पार्टी पुनर्निर्माणको अभियानमा समेट्न, पार्टीलाई अझ बलियो बनाउँदै समाजवादको लक्ष्य सम्म पुग्नका निम्ति भएको बताए।

यता, नेकपा माओवादी केन्द्रबाट औपचारिकरुपमा अलग हुँदै नेता जनार्दन शर्माले प्रगतिशील अभियान नेपाल घोषणा गरेका छन्।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अभियानको घोषणा गरे। साथमा माओवादीका नेताहरू राम कार्की, अञ्जना विशंखेलगायत पनि उपस्थित थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077