Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४७ वर्षपछि पक्राउ परे रेडियो चोरी मुद्दाका फरार अभियुक्त

४७ वर्षपछि पक्राउ परे रेडियो चोरी मुद्दाका फरार अभियुक्त

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । ४७ वर्षअघि परेको नकबजनी चोरी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका–७ कल्लेरी बस्ने ६८ वर्षीय लालबहादुर राना रहेका छन् ।

उनी लामो समयदेखि फरार रहँदा प्रहरीको खोजी सूचीमा रहेका थिए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीका अनुसार रानाले २०१३ साल बैशाख १५ गते (२०७५ अनुसार १५ बैशाख २०३५) स्याङ्जा साविक पेलाकोट गाउँपञ्चायत–२ (हालको गल्याङ नगरपालिका–७) बस्ने दिलबहादुर रानामगरको घरमा चोरी गरेका थिए ।

घटनापछि पीडित रानामगरले दिएको जाहेरीका आधारमा अदालतमा मुद्दा दर्ता भएको थियो । सो मुद्दामा स्याङ्जा जिल्ला अदालतले २०४५ मंसिर १६ गते अभियुक्त रानालाई एक महिना १५ दिन कैद सजाय र ४ हजार ५०० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।

तर फैसला कार्यान्वयन हुनु अघि नै राना फरार भएका थिए । करिब पाँच दशकसम्म लुक्दै आएका उनलाई प्रहरीले हाल पक्राउ गरी सजाय कार्यान्वयनका लागि अदालतमा पेश गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार अदालतको आदेशअनुसार उनलाई कैद तथा जरिवाना भुक्तानीका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077