Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पले कम्युनिस्ट भन्दै भोट नदिन आह्वान गरेका जोहरान न्युयोर्कको मेयरमा निर्वाचित

ट्रम्पले कम्युनिस्ट भन्दै भोट नदिन आह्वान गरेका जोहरान न्युयोर्कको मेयरमा निर्वाचित

बुधवार , कार्तिक १९, २०८२

एजेन्सी। राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट भन्दै भोट नदिन आह्वान गरेका ३४ वर्षीय राज्य विधायक जोहरन क्वामे ममदानी न्युयोर्क सहरका १११औँ मेयरमा निर्वाचित भएका छन्।

सन् १९९१ म युगाण्डामा जन्मिएका ममदानी भारतीय फिल्म निर्देशक मीरा नायरका छोरा हुन् । उनी सहरका पहिलो मुस्लिम, पहिलो दक्षिण एसियाली र १९औँ शताब्दीदेखिका सबैभन्दा युवा मेयर बनेका छन्।

ब्रुकलिनका सम्पन्न गल्लीदेखि क्विन्सका आप्रवासी समुदायसम्म फैलिएको मतदातामाझ ममदानीको जित न्युयोर्कको हालसम्मकै उल्लेखनीय राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ।

डेमोक्र्याटिक समाजवादी ममदानीले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका पूर्वगभर्नर एन्ड्र्यू कुओमोलाई पराजित गर्दै सन् १९६९

यताकै सबैभन्दा उच्च मतदाता सहभागिता भएको चुनावमा विजय हासिल गरे। रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवा तेस्रो स्थानमा रहे।

क्वीन्सका विधायक ममदानीले किफायती जीवन, निःशुल्क बस सेवा, बाल हेरचाह, र भाडा फ्रिजजस्ता जनमुखी एजेन्डा लिएर अभियान चलाएका थिए। उनको सामाजिक सञ्जालमा प्रभाव र युवामैत्री सन्देशले ठूलो समर्थन जुटाएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077