Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुविवाह मुद्दामा पक्राउ परेका एमाले नेता शेर्पा कारागार चलान

बहुविवाह मुद्दामा पक्राउ परेका एमाले नेता शेर्पा कारागार चलान

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्लीबजार कारागार चलान भएका छन् ।

बुधबार अदालतले उनीविरुद्धको फैसला कार्यान्वयन गर्न शेर्पालाई उपस्थित गराएपछि उनलाई कारागार चलान गरिएको हो ।

बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो ।

अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र दिएपछि डिल्लीबजार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनलाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको थियो ।

शेर्पालाई बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

यस मुद्दासम्बन्धी कुरा नेकपा एमालेको सचिवालय बैठकमा पनि उठेको थियो । सचिव योगेश भट्टराईले पार्टीभित्रको सांस्कृतिक विचलनबारे ध्यानाकर्षण गर्दै शेर्पालाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने यो विषयलाई सामान्य ठानेर निलम्बन नगर्ने अडान राखेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077