Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले नेता पासाङ शेर्पा पक्राउ

एमाले नेता पासाङ शेर्पा पक्राउ

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । पाटन उच्च अदालतबाट बहुविवाहसम्बन्धी मुद्धामा दोषी ठहर भएका शेर्पालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । तर उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो ।

उनी एमाले केन्द्रीय कमिटी सदस्य तथा आदिवासी जनजाती महासंघका पूर्व अध्यक्षसमेत हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077