Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आयोगले जेनजी आन्दोलनमा उपत्यकामा खटिएका प्रहरीसँग बयान लिदै, सूचीमा को-को ?

आयोगले जेनजी आन्दोलनमा उपत्यकामा खटिएका प्रहरीसँग बयान लिदै, सूचीमा को-को ?

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट प्रहरी अधिकारीको बयान लिने भएको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो ।

आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, डीआईजी ओमबहादुर राना, जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एवं एसएसपी विश्व अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी रमेश बस्नेत र केही वृत्त प्रमुखसँग बयान लिने भएको छ ।

आयोगका अनुसार, जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते फिल्डमा को को खटिएका थिए भनेर प्रहरीसँग विवरण माग गरी पत्राचार गरिएको थियो । पत्र आएको २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले त्यसको विवरण उपलब्ध नगराएपछि आयोगले पत्र लेखेर विवरणबारे सोधेको थियो । जवाफमा प्रधान कार्यालयले आईजीपीदेखि जवानसम्म खटिएको भनेको थियो ।

प्रहरीले विस्तृत विवरण नपठाएपछि आइतबार जाँचबुझ आयोगले आईजीपी चन्द्रकुबेर खापुङकै नाममा २४ घण्टाभित्र जबाफ पठाउन भनेर प्रधान कार्यालयमा पत्र पठाएको थियो । प्रधान कार्यालयले भने प्रधान कार्यालयले यसको विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग हुने र त्यहाँबाट विवरण उपलब्ध गराउन समय लाग्ने भनेर जबाफ फर्काएको थियो । प्रधान कार्यालयले नै उपलब्ध गराउनुपर्ने विवरण नदिएको भन्दै जाँचबुझ आयोगले आईजीपी खापुङसँग स्पष्टीकरण सोधेको थियो ।

यसैगरी आयोगले आइतबार नै प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्न व्यवस्था मिलाउन भनी पत्राचार गरिसकेको छ

यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले जनाएको छ ।

आयोगले बुधबार मात्रै नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयान लिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077