Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगनलाई कोसी सभापति थापाको चुनौती- हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, राजीनामा दिन तयार छौं

गगनलाई कोसी सभापति थापाको चुनौती- हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, राजीनामा दिन तयार छौं

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं। नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टी भित्रैबाट गल भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको जिकिर गरेका छन्।

बत्तीसपुतलिमा जारी संस्थापन पक्षको नियमित महाधिवेशन दबाव भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरि गलत भाष्य निर्माण गरिएको बताए।

उनले भने- 'कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर । हामी राजीनामा दिन तयार छौँ । भोट कस्ले हाल्छन् कस्ले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ?'

उनले कांग्रेसलाई जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टी लाई क्षति पुराइरहेको बताए।

उनले भने- 'मुलुक खरानीमाथी छ। पहिले मुलुकलाई यसबाट मुक्त गरौँ । चुनावबाट प्रतिनिधिसभा आएपश्चात् संवसधानमा देश सहि दिशामा हिड्छ।'

अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात गर्न सकिने उनले तर्क गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077