Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्सपेक्टर लामालाई सेवाबाट हटाउने चेतावनी

इन्सपेक्टर लामालाई सेवाबाट हटाउने चेतावनी

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) अनु लामालाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयद्वारा बिहीबार प्रकाशित सार्वजनिक सूचनाअनुसार, इन्सपेक्टर लामा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत थिइन्। उनी असार २५ गतेदेखि २० दिनको घर बिदामा बसेकी थिइन्।

तर बिदा अवधि सकिएपछि २०८२ साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा हालसम्म समेत कार्यस्थलमा फर्किएको पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउनुहोला।”

मन्त्रालयले तोकिएको समयभित्र हाजिर नभएमा प्रहरी नियमावली, २०७१ बमोजिम “भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने” कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनालाई “सफाइको अन्तिम मौका” समेत ठहर गर्दै लामालाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077