Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । हङकङ क्रिकेट सिक्सेस अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो।

नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो। यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए।

रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन्। रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए। त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए।

यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए।

अब नेपालले अर्को खेल भोलि बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077