Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतमाथि नेपालको शानदार जित

भारतमाथि नेपालको शानदार जित

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत शनिबार नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ।

जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो।

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो। उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सातरसात रन बनाए।

नेपालका लागि रसिद खानले तीन विकेट लिए। यस्तै बसिर अहमद दुई तथा रुपेश सिंहले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो। नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए।

यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो। साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077