Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीको आह्वान - मतदाता नामावलीमा नाम लेखौं, विवेकपूर्ण मत प्रयोग गरौं

प्रधानमन्त्री कार्कीको आह्वान - मतदाता नामावलीमा नाम लेखौं, विवेकपूर्ण मत प्रयोग गरौं

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेकी छन् । उनले मतदाता नामावलीमा नाम संकलन गरी विवेकपूर्ण मत प्रयोग गर्न आग्रह गरेकी हुन् ।

शुक्रबार भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले देशको भविष्य निर्माणमा सचेत नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै मताधिकार प्रयोगका लागि सबै योग्य नागरिकले आधिकारिक रूपमा मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको स्मरण गराइन् ।

उनले भनिन्, 'जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईं–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।'

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र जनभावनाअनुकूल बनाउन सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै भनिन्, 'तपाईंहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ। विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ।'

निर्वाचन आयोगले देशभर कात्तिक ३० गतेभित्र मतदाता नामावली संकलन कार्य सञ्चालन गरिरहेको छ । यस सन्दर्भमा प्रधानमन्त्री कार्कीले नजिकैको निर्वाचन कार्यालयमा गएर आजै मतदाता परिचयपत्र बनाउने आग्रह गर्दै भनिन्, “मतदाता परिचयपत्र मात्र कागज होइन, यो जिम्मेवार नागरिकताको पहिचान हो।”

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077