काठमाडौं । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।
आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि भेषावकरले सन्यास लिएका हुन् ।
भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो ।
नेपाल आइतबार भएको अन्तिम खेलमा यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समाप्त गरेको छ ।