Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्तर्राष्ट्रिय क्रिकेटबाट शरद भेषावकरले लिए सन्न्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट शरद भेषावकरले लिए सन्न्यास

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं। नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका हुन्।

हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ। योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ।

शरदले सन् २००२ मा यूएईमा भएको यू-१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए। नेपालले विश्व क्रिकेट लिग डिभिजन ५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा तय गर्न शरद पनि प्रमुख खेलाडी हुन्।

नेपालले खेलेको पहिलो प्रथम श्रेणी मान्यता प्राप्त तीन दिवसीय खेल, पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय र पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय टोलीका शरद समेत सदस्य हुन्  ।

उनले सन् २०१२ मा हङकङविरुद्धको ट्वान्टी-२० खेलमा नेपाली सिनियर टिममा ‘डेब्यु’ गरेका थिए । उनले २०१४ मा युनाइटेड अरब इमिरेट्स ९यूएई०विरुद्ध लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका थिए ।

शरदले अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा पनि सन् २०१४ मा डेब्यु गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ को विश्वकपमार्फत नेपालबाट डेब्यु गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै करियर थालेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077