Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२० दिनदेखि मनाङमा बेपत्ता बाबु-छोरी मृत भेटिए

२० दिनदेखि मनाङमा बेपत्ता बाबु-छोरी मृत भेटिए

आइतवार , कार्तिक २३, २०८२

मनाङ। मनाङ घुम्न आएका दुई भारतीयको शव फेला परेको छ।

३ कात्तिकदेखि सम्पर्कविहीन भएका भारतका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आज फेला पारेको हो।

मनाङको ङिस्याङ गाउँपालिका ४ स्थित ग्याल्सेन होटेलबाट ३ कात्तिकमा वडा नम्बर ५ मा रहेको मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरु सम्पर्कविहीन भएका थिए । प्रहरी प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मृतक बाबुछोरी हुन्।

उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटेलले खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सम्पर्कविहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजी गरिरहेकामा नभेटिएपछि पुनस् २३ कात्तिकमा सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरुको शव गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077