काठमाडौं। जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउने क्रममा दुईजना मजदुर घाइते भएका छन् ।
भत्काउँदै गरेको भवनको भग्नावशेष ढल्दा त्यहाँ काम गरिरहेका केहि मजदुर पुरिएर घाइते भएका हुन् ।
उद्दारका लागि घटनास्थलमा प्रहरी पुगेका छन् । हाल उनीलाई उपचारका लागि अहिले अस्पताल लगिएको छ ।
घटनापछि भिडभाडका कारण नक्साल भाटभटेनी क्षेत्रमा आवागमन प्रभावित भएको छ।