Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सुरु गरे हस्ताक्षर अभियान

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरूले सुरु गरे हस्ताक्षर अभियान

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शनिबारबाट विघटनविरुद्ध हस्ताक्षर सङ्कलन सुरु गरिएको जानकारी दिएका हुन् ।

घिमिरेले भने- 'शनिबारबाट हामीले हस्ताक्षर सङ्कलन सुरु गरेका छौँ,’ ‘सांसदको हस्ताक्षर सङ्कलन गरेर विघटनविरुद्ध अदालत जाने कि नजाने भन्ने निर्णय लिन केन्द्रीय समितिमा बुझाउने प्रयोजनका लागि हस्ताक्षर सङ्कलन सुरु गरेका हौँ ।'

कांग्रेसको कार्यसम्पादन समिति बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय गरिसकेको छ ।

केन्द्रीय समितिले राजनीतिक र न्यायिक काम सँगसँगै गर्ने कि फरक-फरक तरिकाले गर्ने निर्णय गरोस् भनेर हस्ताक्षर सङ्कलन गरेर बुझाउन लागिएको घिमिरेले बताएका छन।

घिमिरेका अनुसार संकलित हस्ताक्षर केन्द्रीय समितिको चालु बैठकमा बुझाइनेछ । उनले अदालतमा गएर रिट हाल्नलाई हस्ताक्षर सङ्कलन नगरिएको प्रस्ट पारेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077