Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मीनेन्द्र रिजालले भने - निर्वाचनको सम्पूर्ण जिम्मेवारी गगन र विश्वप्रकाशलाई दिऔँ, हामी बिदा बसौँ

मीनेन्द्र रिजालले भने - निर्वाचनको सम्पूर्ण जिम्मेवारी गगन र विश्वप्रकाशलाई दिऔँ, हामी बिदा बसौँ

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पार्टीको नेतृत्वपंक्तिप्रति जनताको विश्वास गुमेको भन्दै सभापतिसहितका शीर्ष पदाधिकारीहरूले विश्राम लिएर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण जिम्मेवारी दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिनुपर्ने प्रस्ताव राखेका छन् ।

मंगलबार पार्टी केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै डा. रिजालले कांग्रेस अब पुरानै ढाँचामा अघि बढ्न नसक्ने बताएका छन् ।

उनले भने, 'चार महिनाका लागि पार्टीको सम्पूर्ण जिम्मेवारी दुई महामन्त्रीलाई दिऔँ— टिकट वितरणदेखि चुनाव जिताउनेसम्म। सफल भए नेतृत्व उहाँहरूलाई सुम्पेर हामी बिदा होऔँला, असफल भए उहाँहरू बिदा होलान्।'

रिजालले पार्टीभित्रको गुटबन्दी, आपसी अविश्वास र सत्ता स्वार्थको राजनीतिले संगठन कमजोर बनाएको आरोप लगाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077