Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भीम रावलको जागरण अभियान नेकपामा समाहित, सहमति पत्रमा हस्ताक्षर

भीम रावलको जागरण अभियान नेकपामा समाहित, सहमति पत्रमा हस्ताक्षर

बुधवार , कार्तिक २६, २०८२

काठमाडौं । नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

बुधबार सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।

उक्त सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र रावलले हस्ताक्षर गरेका छन्।

सम्झौतामा ६ महिनाभित्र राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली हुने र रावलको जिम्मेवारी चाँडै टुंग्याउने उल्लेख गरिएको छ। रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति बनेको छ।

आजै नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको अभिायनबीच एकताको घोषणा गर्न औपचारिक कार्यक्रम राष्ट्रिय सभागृहमा सुरु हुँदैछ।

सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्नेछन्।

पार्टी नीति र नेतृत्वविरुद्ध बोल्दै हिँडेको भन्दै एमालेले रावललाई गत पुस १० गते साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

त्यसपछि उनले आफूनिकटहरूलाई समेटेर मातृभूमि जागरण अभियान सञ्चालन गरेका थिए ।

जेनजी आन्दोलनपछि एमालेले पुराना नेताहरूलाई फर्कन समेत आह्वान गरेको थियो । तर, रावल एमालेमा न फर्कि आजै नेकपा पूवेश गरेका छन् ।

यस्तो छ ७ बुँदे सहमति पत्र

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077