Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रहरीको पेस्तोल लुट्ने पाख्रिन कारागार चलान

प्रहरीको पेस्तोल लुट्ने पाख्रिन कारागार चलान

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं। जिल्ला अदालत काठमाडौंले गत २४ भदौको आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर राख्ने कमलामाई नगरपालिका ४, सिन्धुलीका कुमार पाख्रिनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश मोना सिंहको एकल इजलासले बिहीबार पाख्रिनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

गत २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बौद्धमा आगजनी गरेर प्रहरीको पेस्तोल लुकाएका पाख्रिनलाई कारागार पठाउने आदेश भएको हो।

पाख्रिनले बयानमा प्रहरी वृत्त बौद्धबाट सुन्दर तामाङले पेस्तोल लुटेको र छसाङ तामाङले दुई हजार रुपैयाँमा किनेको र आफूले राखेको बयान दिएका छन्।

उनलाई प्रहरीले २ कात्तिकमा पक्राउ गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077