Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनपीएल दोस्रो संस्करणको टिकट दर सार्वजनिक

एनपीएल दोस्रो संस्करणको टिकट दर सार्वजनिक

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि टिकट दर सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सार्वजनिक गरेको दरअनुसार समर्थकहरूले खेल हेर्नका लागि विभिन्न श्रेणीअनुसार फरक–फरक मूल्य तिर्नुपर्नेछ ।

क्यानका अनुसार, उद्घाटन खेलका लागि सामान्य टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १,५०० रुपैयाँ तोकिएको छ । यस्तै, अन्य दिनका खेलका लागि सामान्यतर्फ ५०० र प्रिमियमतर्फ १,००० रुपैयाँ पर्नेछ ।

प्लेअफ र फाइनल खेलका लागि भने मूल्य केही बढाइएको छ। ती खेलमा सामान्य टिकट १,००० र प्रिमियम टिकट २,००० रुपैयाँ पर्नेछ।

दर्शकहरूको सुविधाका लागि क्यानले सिजन पासको मूल्य १५,००० रुपैयाँ तोकेको छ, जसअन्तर्गत सबै खेल हेर्न सकिनेछ।

क्यानका अनुसार, खल्ती एपमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुने तालिका छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077