Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एनपीएल उद्घाटन खेलका सबै टिकट बिक्री, घरमै बसेर हेर्न क्यानको आग्रह

एनपीएल उद्घाटन खेलका सबै टिकट बिक्री, घरमै बसेर हेर्न क्यानको आग्रह

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलका सबै टिकट बिक्री भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेको छ ।

क्यानका सचिव पारस खड्काले भिडियो सन्देश जारी गर्दै पहिलो दिनको अत्यधिक चापका कारण खेल स्थलमा अनावश्यक भीड हुन नदिएर सहयोग गर्न आग्रह गरेका हुन् ।

'सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं,' खड्काले भने।

क्यानले यस वर्ष उद्घाटन खेलका लागि करिब आठ हजार टिकट मात्रै बिक्रीमा राखेको थियो। त्यसअघि करिब दुई हजार टिकट खेलाडीका परिवार, आयोजक र प्रायोजकका लागि छुट्याइएको छ।

टिकट बिक्री ‘खल्ती’ एपमार्फत गरिएको थियो र शुक्रबार सार्वजनिक भएलगत्तै केही घण्टामै सबै टिकट सकिएका थिए।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमान्डू गोर्खाजबीच सोमबार अपराह्न ४ बजे खेलिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077