Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संस्थापन पक्षकै २५ केन्द्रीय सदस्य निर्वाचनअगावै महाधिवेशन गर्नुपर्ने पक्षमा, ७ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र

कांग्रेस संस्थापन पक्षकै २५ केन्द्रीय सदस्य निर्वाचनअगावै महाधिवेशन गर्नुपर्ने पक्षमा, ७ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र

शुक्रवार , कार्तिक २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ गतेभित्र सुरु गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा ७ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

कार्यवाहक सभापतिलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रमा सरकारले फागुन २१ गतेका लागि निर्धारण गरेको प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको १५ औँ महाधिवेशन मंसिर १५ गतेभित्र सुरु गर्नुपर्ने उल्लेख छ ।

‘आसन्न २०८२ साल फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्ने,’ ज्ञापनपत्रमा उल्लेख छ ।

उनीहरूले युवा पुस्ताहरूको उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्नेमा पनि माग गरेका छन् ।

यस्तै, पार्टीको अन्तरिम निर्वाचन समितिलाई अविलम्ब पूर्णता दिनु पर्ने, १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने, स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्ने र संविधान संशोधनको सन्दर्भमा पार्टीमा वडादेखि केन्द्रीय तहसम्म व्यापक संवाद चलाई स्पष्ट दृष्टिकोण सहित पार्टीको अवधारणा निर्माण गर्ने उल्लेख छ ।

भदौ २३ र २४ गते भएको घटनाको निष्पक्ष छानबिन गरी आपराधिक कार्यमा संलग्न सबैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।

1234

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077