Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जनभावना अनुरूप काम गर्न आफू मातहतका निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

जनभावना अनुरूप काम गर्न आफू मातहतका निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जनभावना अनुरूप काम गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूलाई जनताले न्यायको अनुभूति गर्ने गरी कार्य गर्न निर्देशन दिएका हुन् ।

मन्त्री अर्यालले बैठकमा भने- 'अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेर भन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु ।'

मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ-आफ्नो मातहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढंगबाट बहन गर्न निर्देशन गरे ।

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितहरूका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिए मात्रै बाहिर अरूले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए ।

अर्यालले जेनजी आन्दोलनका घाइतेहरूको राहत कार्यविधि छिट्टै टुङ्ग्याउने र घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।

मन्त्री अर्यालले थपे- 'बढीभन्दा बढी कर्मचारीहरूले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077