Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हिमपातपछि अत्यधिक चिसो हुँदा उपल्लो डोल्पाका प्रहरी चौकी सदरमुकाम झारिए

हिमपातपछि अत्यधिक चिसो हुँदा उपल्लो डोल्पाका प्रहरी चौकी सदरमुकाम झारिए

मंगलवार , मंसिर २, २०८२

डोल्पा । नेपाल–चीन सिमावर्ती उपल्लो डोल्पामा कठ्याङ्ग्रिने चिसो र लगातारको हिमपातका कारण सातवटा अस्थायी प्रहरी चौकी हटाइएर सदरमुकाम दुनैमा गाभिएका छन् ।

अस्थायी संरचनामा रहेका चौकीहरूमा बसाइ–सुविधा अभाव र ज्यानमारा जाडो बढेपछि जोखिम न्यूनिकरणका लागि यस्तो निर्णय गरिएको हो ।

डीएसपी रुकबहादुर खड्काका अनुसार शे–फोक्सुण्डो, छार्काताङ्सोङ र डोल्पाबुद्ध गाउँपालिकामा वर्षायामदेखि राखिएका अस्थायी चौकीले कठोर हिउँदका कारण निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।

यस पटक झारिएका चौकीहरू धो, निजाल, तिन्जे, फोक्सुण्डोलगायतका क्षेत्रका हुन् । ती सबै क्षेत्र उच्च हिमाली भेगमा पर्नाले हिउँदमा तापक्रम झन्डै–झन्डै मानव बसोबासका लागि अनुपयुक्त हुने गर्छ।

यतिबेला साल्दाङ, कागकोट र ल्यासीक्यापस्थित तीन चौकी भने स्थायी संरचना भएकै कारण वर्षभरि सञ्चालनमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077