Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वआईजीपी खनालले खोले पार्टी, नाम 'समुन्नत नेपाल पार्टी'

पूर्वआईजीपी खनालले खोले पार्टी, नाम 'समुन्नत नेपाल पार्टी'

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पार्टी खोलेका छन् ।

देश आफैँले बनाउने र त्यसको नेतृत्व पनि आफैँले गर्ने उद्देश्यले उनले पार्टी खोलेका हुन् ।

उनी नेतृत्वको पार्टीको नाम ‘समुन्नत नेपाल पार्टी’ रहेको छ ।

पार्टीका तर्फबाट राजबाबु यादवले कात्तिक ३० गते अबेर आयोगमा निवेदन बुझाएका थिए ।

पूर्वआईजीपी खनाल यसअघि २ पटक प्रतिनिधिसभा निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं-६ र त्यसपछि तनहुँ-१ को उपनिर्वाचनमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । दुवै पटक उनी पराजित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077