Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युके पठाइदिने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

युके पठाइदिने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

मंगलवार , मंसिर २, २०८२

काठमाडौं। वैदेशीक रोजगारीको लागी बेलायत पठाइदिने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

युके पठाउने भन्दै एक जनाबाट रु ४२ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ घर भई हाल काठमाडौं गोकर्णेश्वर-७ बस्ने २२ वर्षीय आदर्श तिमल्सिना तथा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-४ घर भई गोकर्णेश्वर-७ बस्ने ३४ वर्षीय आशिष खोखाली रहेका छन्।

पक्राउ परेकामध्ये तिमल्सिनाले रु ३० लाख ५० हजार तथा खोखालीले रु ११ लाख ५० हजार लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

खोखाली फेसबुक पेजमा जेन शिक्षा मब नामक कन्सल्टेन्सीका सञ्चालक समेत रहेका छन् ।

ठगीसम्बन्धी मुद्दामा निजहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077