Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

मंगलवार , मंसिर २, २०८२

काठमाडौं। सोमबार मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मंगलबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंले यही मंसिर ७ गते देशभर आन्दोलन गर्ने बताउँदै आएका थिए । आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय गरेको थियो ।

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई सोमबार राति नै पक्राउ गरेको हो ।

गत चैत १५ मा तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको राजावादी आन्दोलनमा पनि दई जनाको ज्यान गएको थियो ।

उनको गिरफ्तारीपछि समर्थक तथा नागरिक बचाउ दलका कार्यकर्ताले प्रदर्शन गर्ने सम्भावना रहेकाले उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077