Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पुराना कारलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न सरकार तयार : मन्त्री महावीर

पुराना कारलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न सरकार तयार : मन्त्री महावीर

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले अब नेपालमा पुराना पेट्रोल–डिजेल चल्ने कारलाई वातावरणमैत्री विद्युतीय गाडीमा रूपान्तरण गर्ने प्रक्रिया आधिकारिक रूपमा खुला हुने बताएका छन् ।

उनले यसअघि वर्षौँदेखि रोकिँदै आएको इन्जिन फालेर गाडीलाई इलेक्ट्रिक बनाउने कार्यलाई सरकारले अनुमति दिने व्यवस्था तयारी अवस्थामा रहेको स्पष्ट पारेका हुन् ।

मन्त्री पुनका अनुसार नेपालमा धेरै इञ्जिनियर तथा टेक्निसियनहरूले पुराना कार, जीप र भ्यानलाई इलेक्ट्रिकमा बदल्ने प्रविधि विकास गरिसके पनि कानुनी अवरोधका कारण उनीहरूलाई काम गर्ने मौका मिलिरहेको थिएन ।

सामाजिक सञ्जालमार्फत मन्त्री पुनले लेखे, 'यसअघि लोभी–पापीहरूले अनेकौँ नियम–कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार, यातायात मन्त्रालयले सो कार्यको अनुमति दिने व्यवस्था गर्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077