Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अण्डाको मूल्य घट्यो

अण्डाको मूल्य घट्यो

बुधवार , मंसिर ३, २०८२

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य घटाएको छ ।

मंगलबार बसेको संघको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाबारे छलफल गरी बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो ।

समर्थन मूल्य घटेसंगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने भएको छ । संघका सचिव मदन केसीका अनुसार सानो अण्डाको प्रतिपेटी मूल्य २६ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि ठूलो अण्डा प्रति क्रेट ५०० र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो।

चितवनबाट लोड भइ देशैभरीको अण्डा डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ थप मूल्य पर्ने संघको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077