Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

आइतवार , माघ ११, २०८२

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। सङ्घका अनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ।

यसअघि प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल बन्नु तथा निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्य बढेको हो । साथै, अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, उत्पादन कम हुनु तथा बन्द रहेका विद्यालयहरू खुल्नुलगायत कारणले पनि मूल्यमा क्रमिक सुधार देखिएको उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077